आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

गोकर्णेश्वर खबर११ भाद्र २०७८, शुक्रबार १२:०७ मा प्रकाशित (२ साल अघि) ४४९ पाठक संख्या

चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका-२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ ।

सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ ।