आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

आज थप २,०७५ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

गोकर्णेश्वर खबर५ भाद्र २०७८, शनिबार १७:३१ मा प्रकाशित (२ साल अघि) १९४ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २,३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४८५ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३,३०६ जना संस्थागत आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै झापामा १३२, कास्कीमा ९१, सुनसरीमा ६४, मोरङमा ६२, सुर्खेतमा ६१ र चितवनमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा २९, कास्कीमा २५, चितवनमा २३, नवलपरासी पूर्वमा १९, दाङमा १८, कैलालीमा १५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।