आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

गोकर्णेश्वरमा १८ वर्षमाथीका विद्यार्थी र ४० वर्षमाथिका नागरिकलाई लगाइयो भेरोसेलको पहिलो मात्र(तस्बिरमा हेर्नुहोस्)

गोकर्णेश्वर खबर४ भाद्र २०७८, शुक्रबार २१:०० मा प्रकाशित (२ साल अघि) ५९१ पाठक संख्या

काठमाडौं । गाकर्णेश्वर नगरपालिकाले ४० वर्षमाथिका नागरिक तथा १८ वर्षमाथीका विद्यार्थीहरुलाई आज कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइएको छ ।

खोप अभियानमा १८ वर्षमाथीका विद्यार्थी र ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा ५ स्थित शान्ति आदर्श मावि सहित ६ केन्द्रबाट कोभिड १९ बिरुद्धको खोप स्वास्थ मापदण्ड पुरा गरि बिशेष व्यवस्थापनमा संचालक गरेको अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी दिए ।

आज गोकर्णेश्वरमा ३१३१ पुरुष र ३७१६ महिलासहित जम्मा ६८४७ जनाले खोप लगाएका छन् ।

खोप भोली पनि संचालन हुनेछ ।