आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

जेष्ठ नागरिकलाई आजदेखि अस्ट्राजेनेका खोप लगाइने

गोकर्णेश्वर खबर२५ श्रावण २०७८, सोमबार ०९:५६ मा प्रकाशित (२ साल अघि) १३० पाठक संख्या

काठमाडौं । आजदेखि ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्रा दिइँदै छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कोभिसिल्डको पहिलो डोज लगाइसकेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा लगाउन लागिएको हो।

कोभिसिल्डको पहिलो मात्रा लगाएका उनीहरूलाई दोस्रो डोजचाहिँ अस्ट्राजेनेका खोप दिइने भएको हो।

गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य १४ लाख जनालाई जापान र भुटानले उपलब्ध गराएका स्ट्राजेनेका खोप दिन लागिएको हो।

दोस्रो डोज लगाई बाँकी रहेका खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरिएको छ।

मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने भएको छ।