आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

नेपाल तरुण दल काठमाडौं-३ को कार्य समिति सदस्यमा दिनेश चाम्लिङ राई मनोनित

गोकर्णेश्वर खबर२४ श्रावण २०७८, आईतवार २०:४७ मा प्रकाशित (२ साल अघि) ३६३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले काठमाडौं क्षेत्र नम्बर ३ का १३ वटै वडामा पदधिकारी चयन गरेको छ ।

तरुण दल काठमाडौं ३ सभापति सञ्जय लामाको सभापतीत्वमा शनिवार बसेको बैठकले १३ वटै वडामा सर्वसम्मत रुपमा कार्य समिती चयन गरेको हो ।

तरुण दल काठमाडौं क्षेत्र नं ३ को कार्य समिती सदस्यमा दिनशे चाम्लिङ राई मनोनीत भएका छन् । गोकर्णेश्वर ८ अत्तरखेल यूवा समाजका सचीव  समेत रहेका राईलाई कार्य समिती सदस्यमा मनोनीत भएका हुन । यूवा समाजसेवीका रुपमा सकिय भूमिका निर्वाह गरिरहेका राईले पार्टी तथा संगठनले दिएको जिम्मेवारी पूर्ण रुपमा पालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तरुण दल समाज रुपान्तरणका कार्यमा लाग्दै आएको बताउँदै भोलीका दिनमा पनि पार्टीको लोकतान्त्रिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै जनताको सेवामा समर्पीत हुने बताए ।

कार्यक्रमका अध्यक्ष तथा तरुण दल क्षेत्र नम्बर ३ सभापति संजल लामाले नेपाली कांग्रेस तथा तरुण दलको विचारधारालाई अझ यूवाहरु माझ शशक्त रुपमा लैजानु पर्ने बताए । उनले तरुण दलका कार्य र आगामी कार्य योजनाहरुको जानकारी जनताको घररघमा पुर्याउन समेत आग्रह गरे । सभापति लामाले विशेष गरी काठमाडौं क्षेत्र ३ का प्रत्येक गतिबिधिमा तरुण दल सक्रिय रहनु पर्ने बताए । सरकारका काम कारबाहीलाई जनतामाझ पुर्याउँने र संगठनलाई अझ यूवा पक्तिमा विस्तार गर्दै आगाडी बढ्नु पर्ने उल्लेख गरे।                                                       

मनोनीत सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सभापति लामाले प्रत्येक शनिवार तरुण दलका कार्य तथा योजनाबारे समेत समिक्षा हुने जानकारी दिए ।