आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

गोकर्णेश्वरमा भेरोसेलको दोस्रो खोप भोलीदेखि लगाइँदै

गोकर्णेश्वर खबर२१ श्रावण २०७८, बिहीबार १७:०१ मा प्रकाशित (२ साल अघि) २७४ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा भेरोसेलको दोस्रो खोप भोलीदेखि लगाइने भएको छ ।

कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाएको २१ दिन पुरा भएका व्यक्तिहरुले भेरोसिलको दोस्रो खोप लगाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

खोप साउन २२(भोली) गतेदेखि २४ गतेसम्म लगाइने छ भने नगरपालिका भर ६ वटा केन्द्र समेत तोकिएको छ ।

पहिलो खोप लगाएको खोप कार्ड लिएर आफूलाई पायक पर्ने नगरपालिकाले तोकेका खोपकेन्द्रमा गई दोस्रो डोज लगाउन सकिने छ । बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने छ ।