आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकामा ४५८ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१५ असार २०७८, मंगलवार १८:५५ मा प्रकाशित (२ साल अघि) १४६ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ४५८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ४५७३, भक्तपुरमा १६५० र ललितपुरमा २१०७ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो।

त्यस्तै थप २० जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ४३४८ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ।