आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच भएको टेलीफोन संवाद सार्वजनिक

गोकर्णेश्वर खबर११ असार २०७८, शुक्रबार १५:५४ मा प्रकाशित (२ साल अघि) ७२६ पाठक संख्या

काठमाडौं । काठमाडौंमा सञ्चारकर्मी रूपा सुनारलाई कोठा खोज्ने क्रममा जातीय विभेद भएको भन्ने घटनाले निकै चर्चा पाइरहेको छ।

आफूलाई जातीय भेदभाव र अपमान गरेको आरोपमा सुनारले बबरमहलकी घरधनी सरस्वती प्रधानविरुद्ध यही असार ३ गते महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरीसमेत हालिन् भने प्रहरीले घरबेटी प्रधानलाई पक्राउसमेत गरेको थियो।

तर उनी हिरासतमा बसेको ३ दिनका दिन गत बुधबार घटना अनुसन्धान भइरहेकै बेला शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्त (सिंहदरबार) पुगेर आरोपित प्रधानलाई थुनामुक्त गराई आफ्नै झन्डावाल गाडीमा घर पुर्‍याएपछि मुद्दा अघि बढ्न पाएन।

यसरी सरकारले नै जातीय विभेदको पक्ष लिएको भन्दै अहिले शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहनदेखि राजीनामा माग्नेसम्मका आन्दोलनसमेत भइरहेका छन्।

साथै रूपा सुनार प्रकरणमा यतिबेला समाज दुई खेमामा विभाजन भएर बहस गरिरहेका छन्। सुनार पक्षले जातीय विभेद भएको दाबी गरिरहेको छ भने प्रधान पक्षले कुनै जातीय विभेद नभएको, अनावश्यक विवाद झिकेको आरोप लगाइरहेको छ।

यसैबीच कोठाका सम्बन्धमा सुनार र प्रधानबीच फोनमा कुराकानी भएको अडिओ सार्वजनिक भएको छ।
सुन्नुहोस् उनीहरुबीच भएको फोन वार्ता