आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

गोकर्णेश्वर नगरपालिकाको सातौं नगरसभा २०७८ सुरु

गोकर्णेश्वर खबर१० असार २०७८, बिहीबार २३:४६ मा प्रकाशित (२ साल अघि) ५४७ पाठक संख्या

गोकर्णेश्वर नगरपालिकाको सातौं नगरसभा  २०७८ बिहीबार बाट सुरु भएको छ । प्रमुख अतिथी माननीय कृष्ण बहादुर राईले पानसमा दियो बाली ैं नगरसभा उद्घाटन गरेका हुन्् ।

 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी राईले सबै नगरवासीको विकासको चाहना पुरा गर्न सबै पक्ष मिलेर कार्य गर्नु पर्ने आवश्यकतामा जोड दिदै योजना निर्माणमा पक्षपात नहोस् भन्ने कुरामा जनप्रतिनिधिहरु सचेत रहन आग्रह गरे ।

विशेष अतिथी वागमति प्रदेश सभा सदस्य माननीय छिरिङ दोर्जे लामाले विकास योजना निर्माण र छनौट गर्दा राजनीतिक आश्थाको आधारमा विभेद नगर्न आग्रह गर्नु भयो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले नगरपालिकाले विगतका वर्षहरुबाट सबै पक्षहरुको सहभागितामा उत्कृष्ठ कार्यहरु गर्दै आएकोमा जोड दिंदै नगरपालिकाले विकासमा कसैलाई भेदभाव नगर्ने र सबैलाई मिलाएर लैजाने बताए । उनले अहिलेसम्म सडक तथा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएकोले अबका दिनमा उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिने समेत बताए ।

उपमेयर शान्ति चालिसेले सिमित स्रोत साधनका बाबजुद विकासमा नगरपालिकाले देखिने गरी प्रगति गरे पनि महिला विकास लगायतका धेरै विषयमा अझै पनि कार्यहरु गर्न आवश्यक रहेकोमा जोड दिईन् ।

शुभकामना मन्तव्य दिर्दै विशेष अतिथी तथा जिल्ला समन्वय समितिका सदस्य उद्धव भण्डारीले जनसरोकारका विषयमा स्थानीय निकायका जनप्रतिनिधिहरुको विचमा सार्थक सहकार्यले मात्र जन चाहना पुरा गर्न सजिलो हुने बताए ।

नेपाली कांग्रेस क्षेत्रीय समितिका कोषाध्यक्ष किरण के.सी.ले विकासका राम्रा योजनाहरु ल्याउन नगरसभा सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले नगरपालिकाको समसामयिक विषयमा प्रस्तृति दिएका थिए । उद्घाटन पछि आजै नगरसभाको बन्दशत्र शुरु भएको छ ।