आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

गोकर्णेश्वर खबर१० असार २०७८, बिहीबार १७:५३ मा प्रकाशित (२ साल अघि) २०१ पाठक संख्या

काठमाडौं – राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।