आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

वडा अध्यक्ष नारायण बहादुर सुवेदीलाई पितृ शोक

गोकर्णेश्वर खबर९ असार २०७८, बुधबार २०:१७ मा प्रकाशित (२ साल अघि) ६५४ पाठक संख्या

९ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीलाई पितृ शोक परेको छ । वडा अध्यक्ष सुवेदीका बुबा बद्री बहादुर सुवेदीको ८२ वर्षको उमेरमा मंगलबार राति ११ बजे निधन भएको हो ।

बद्री बहादुर सुवेदीको स्वास प्रश्वासमा समस्या आई टिचिङ अस्पतालमा ३ दिन देखि उपचार भईरहेको थियो । साविक जोरपाटी गाविस वडा नं. १ को ३ पटक वडा अध्यक्ष भईसक्नु भएका सुवेदी समाजसेवाको क्षेत्रमा समेत क्रियाशिल हुनुहुन्थ्यो ।

उहाँको ३ छोरी र १ छोरा हुनुहुन्छ । सुवेदीको निधन प्रति गोकर्णेश्वर नगरपालिकाका उपमेयर, वागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल लगायतले श्रदाञ्जली व्यक्त गर्नु हुँदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।