आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

जीवन राईले पाए निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र,चुनाव चिन्ह कलम

गोकर्णेश्वर खबर९ असार २०७८, बुधबार १८:२८ मा प्रकाशित (२ साल अघि) २४२ पाठक संख्या

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल निकट युवा नेता जीवन राईले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए।

आयोगको जेठ ३० गतेको बैठकको निर्णय अनुसार आज प्रमाणपत्र प्राप्त गरेको उनले बताए। राई अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम छ।
दल दर्ताको प्रमाणपत्र पाएपछि अध्यक्ष राईले पार्टीको भविष्य उज्वल रहेको बताए।

यो बीचमा हामीले सबै पार्टीका नेताहरुसँग कुरा गर्यौ, उनले भने, सबै कम्युनिष्टहरुलाई एकीकृत बनाउनका लागि नेकपा (एकीकृत) बनाएका हौं।

उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष रहेका छन्। कार्यसमिति २५ सदस्यीय छ।