आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

सर्वोच्चको आदेशपछि डा. भट्टराई भने- क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेको आँखा खुलोस्

गोकर्णेश्वर खबर८ असार २०७८, मंगलवार २२:२८ मा प्रकाशित (२ साल अघि) २७२ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा घिटन भएर चुनाव घोषणा भइसकेको अवस्थामा विस्तार भएको मन्त्रिपरिषद्विरुद्ध अन्तरिम आदेश दिएको छ । सर्वोच्चको अन्तरिम आदेशले २० मन्त्री पदमुक्त भएका छन् । अन्तरिम आदेश यो विषयमा नेताहरुले विभिन्न धारणा राखेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यो फैसलाले क्षणिक स्वार्थका निम्ति लम्पट बन्नेको आँखा खुलेको बताएका छन् ।

बाबुरामले संविधानका निर्मातामध्ये नै संविधानको शब्द र भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बन्ने,बनाउने लज्जास्पद बाटोमा हिँडेको र त्यसलाई सर्वोच्चले उल्ट्याउने खेललाई नेपालको राजनीतिको रोचक परिदृश्य भनेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय बाबुरामले मन्त्रिपरिषद् विस्तारविरुद्ध सार्वोच्चले अन्तरिम आदेश दिए लगत्तै ट्वीटरमा यस्तो टिप्पणी गरेका हुन् ।

‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द(भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने–बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो’, बाबुरामले लेखेका छन्, ‘क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् १’