आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

पाइपभित्र अड्किएर दुई बालकको मृत्यु

गोकर्णेश्वर खबर८ असार २०७८, मंगलवार १९:०५ मा प्रकाशित (२ साल अघि) ५३२ पाठक संख्या

दार्चुला । महाकाली नगरपालिका ४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुईजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भइ हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भइ खलंगा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर भट्टले बताए।

महाकाली लोकमार्गको दार्चुला तिंकर सडकअन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरवल पुलभित्र राखिएको ह्युम पाइपमा अड्किएर दुवैजनाको मृत्यु भएको हो । गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्किका हुन् । निरन्तर वर्षाका कारण निर्माणाधिन पुलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो ।

पौडी खेल्ने बेला दुवै बालक बगेर पाइनभित्र अड्किका थिए। ह्युमपाइपभित्र अड्किएर मृत्यु भएका बालकलाई जेसीभीले निकालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।