आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ द्वारा अस्पाल्ट प्लान्ट हटाउन आग्रह

गोकर्णेश्वर खबर७ असार २०७८, सोमबार २२:१९ मा प्रकाशित (२ साल अघि) ९५९ पाठक संख्या

७ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित पानी खोल्सामा संचालन भइरहेको अस्पाल्ट प्लान्ट हटाउन वडा कार्यालयले आग्रह गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजिव थापाको हस्ताक्षरमा जारि गरिएको सुचनामा गौरि शंकर हिमालयन कन्स्ट्रक्सन प्रा.लि.लाई नियम एवम् मापदण्ड विपरित सञ्चालन गरिएको अस्पाल्ट प्लान्टका सम्पूर्ण संरचना ७ दिनभित्रमा हटाउनको लागि आग्रह गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजिव थापाको हस्ताक्षरमा जारि गरिएको सुचनामा गौरि शंकर हिमालयन कन्स्ट्रक्सन प्रा.लि.लाई नियम एवम् मापदण्ड विपरित सञ्चालन गरिएको अस्पाल्ट प्लान्टका सम्पूर्ण संरचना ७ दिन भित्रमा हटाउनको लागि आग्रह गरिएको छ ।

वडा कार्यालयको अनुरोध कार्यान्वयन नभएमा कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइने समेत जारी सुचनामा जनाईएको छ ।