आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

थप १०६ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७८, बिहीबार १६:४४ मा प्रकाशित (२ साल अघि) ४७२ पाठक संख्या

काठमाडौँ– नेपालमा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १०६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।