आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा बादललाई हराएका खिमलाल कसले दियो धम्की ?

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार १९:०५ मा प्रकाशित (२ साल अघि) ३७१ पाठक संख्या

काठमाडौं । जेठ ६ गते बागमती प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तत्कालीन गृहमन्त्री एंव नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल लाई पराजित गरेका खिमलाल देवकोटाले आफूलाई चुनावबाट ब्याक हुन धेरै जनाले थर्काएको बताएका छन्।

आइतबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै देवकोटाले त्यसरी फकाउने र थर्काउनेको नाम समयक्रममा आवश्यक परे सार्वजनिक गर्ने बताएका छन्।

कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु,’ उनले लेखेका छन्।

उनले आफू उम्मेदवारीमा अडिग रहेको उल्लेख गर्दै विचलित भएको भए आफ्नोमात्र हैन आफूजस्ता स्वतन्त्र रूपमा कलम चलाउने वुद्धिजीवीको इज्जत प्रतिष्ठा जाने बताएका छन्।

हामी कलंकित हुने थियौं। लामो समयदेखि राजनीति गर्ने केही नेताहरूले हामीजस्ताबाट केही सिक्दा राम्रै होला। बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पूरा गर्नु पर्दछ। भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला। तर बुझ्न जरूरी के पनि छ भने हामी जस्ता युवाहरूले लामो यात्रा गर्न बाँकी नै छ। निष्ठा र इमान्दारिताको राजनीतिबाट भागेर नहिँडौं। बोली र इमानमा कटिबद्ध होऔं,’ उनले लेखेका छन्।