आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

काठमाडौँ उपत्यकामा थपिए २ हजार ८२१ कोरोना संक्रमित

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार १७:३१ मा प्रकाशित (२ साल अघि) २२३ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १ हजार ७६१ जना, भक्तपुरमा ३६६ जना र ललितपुरमा ६८४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी सोही अवधिमा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।