आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

चुनाव अगाडि नै सबैलाई कोरोना खोप लगाई सक्छौं : प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार १६:५४ मा प्रकाशित (२ साल अघि) १९७ पाठक संख्या

काठमाडौं । जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परिरहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चुनाव भन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने बताए ।

कार्यक्रमा उनले भने ‘हामी चुनाव भन्दा अगाडि नै सबै जनतलाई खोप लगाईसक्ने त्यस प्रयासमा जुटेका छौँ ।’

यस्तै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’

जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उनले भने, ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि दूषित उद्देश्यका ब्लाकमेलरहरु छन् । जनता यसबाट अलमलिनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले भने- ‘विभिन्न मित्रराष्ट्रहरुसँग खोप उत्पादकहरुसँग हामीले डिल गरिरहेका छौँ, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ ।’

चुनावी सरकार बनाउन प्रस्ताव
त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

उनले अघि भने, ‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’