आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

जनतालाई खोप र अक्सिजन चाहिएको छ, मतपत्र होइनः नागरिक आन्दोलन

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार ०७:११ मा प्रकाशित (२ साल अघि) ४३४ पाठक संख्या

काठमाडाैं । बृहत् नागरिक आन्दोलनले योे संकटको क्षणमा आमजनतालाई मतपत्र नभई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको जनाएकाे छ । शनिवार प्रेस विज्ञप्ति जारी गरी अहिले चुनावभन्दा पनि महामारीसँग जुध्न आवश्यक रहेको नागरिक आन्दोलनले जनाएको छ।

नागरिक आन्दोलनले प्रतिनिधि सभा विघटन गर्ने कार्यको विरोध गर्दै यसलाई असंवैधानिक कार्यकाे संज्ञा दिएकाे छ । जारी विज्ञप्तिमा भनिएको छ, “महामारीको बीचमा आमजनताले जनउत्तरदायी राजनीति खोजिरहेको बेला मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवता विरुद्धको अपराध हो।”

विज्ञप्तिमा भनिएको छ, “जनताको जीवन रक्षा गर्ने जनस्वास्थ्य प्रणाली र राज्यको स्रोतसाधन सार्वजनिक हित र न्यायका निम्ति चाहिएको छ। जनस्वास्थ्यको संकट सामना गर्ने बृहत्तर सहकार्य चाहिएको छ, महाव्याधिको संकटलाई ‘कू’का निम्ति दुरुपयोग गर्ने षड्यन्त्र होइन।”