आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

चौबीस घण्टामा १–९ वर्षका २२० बालबालिकामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर८ जेष्ठ २०७८, शनिबार १७:५८ मा प्रकाशित (२ साल अघि) ४१८ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा १ देखि ९ वर्षसम्मका २२० बालबालिका कोरोना संक्रमित भएका छन् । ८ हजार ८९० संक्रमित थपिँदा १ देखि ९ वर्षसम्मका २२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१०–१९ वर्षसम्मका ६१५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै ३०–३९ वर्ष उमेर समूहका २ हजार ७६ जनामा संक्रमण देखिएको छ ।