आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने ८ सय बढी सवारी साधन कारबाहीमा

गोकर्णेश्वर खबर८ जेष्ठ २०७८, शनिबार १६:२० मा प्रकाशित (२ साल अघि) ४२३ पाठक संख्या

काठमाडौं । शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ८ सय ८ ओटा सवारी साधनलाइ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमध्ये ६ सय ४३ ओटा दुई पाङग्रे, १०९ ओटा चार पाङ्ग्रे, १९ ओटा ट्याक्सी र ३७ ओटा अन्य सवारी साधन रहेका छन् ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकमा सवारी आवागमन निकै न्यून छ । काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

चोक–चोकमा प्रहरीले चेकजाँचलाई कडा बनाएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।