आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर नगरपालिकाद्वारा किसानलाई मिनी ट्रेलर (ट्याक्टर) वितरण

गोकर्णेश्वर खबर८ जेष्ठ २०७८, शनिबार १४:३९ मा प्रकाशित (२ साल अघि) ६२१ पाठक संख्या

काठमाडौं जेठ ८ । गोकर्णेश्वर नगरपालिका भित्रका  किसानलाई मिनी ट्रेलर(ट्याक्टर) प्रदान गरिएको छ । नगरपालिकाको कृषि बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत  नगरपालिकाका वडा नं १ ,२ ३ र ४  मा किसानहरुको मागको आधारमा  नगरपालिकाको  ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी १५ वटा  किसान समूहलाई एक/एक वटाको दरले ट्रेलर वितरण गरिएको हो ।

वितरण कार्यक्रमका नगर प्रमुख सन्तोष चालिसे, उपा प्रमुख शान्ति नेपाल , नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार दुंगाना, प्रमुख सल्लाहकार दिपक रिसाल, वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी,वडा ६ का अध्यक्ष रमेश अर्याल, वडा ९ का अध्यक्ष राजिव थापा, वडा ६ का वडा सदस्य नवराज लामा, वडा ८ का वडा सदस्य नन्दलााल श्रेष्ठ, नगरपालिका कृषि शाखा प्रमुख इन्दिरा खड्का लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।