आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

थप १७७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ हजार नाघ्यो

गोकर्णेश्वर खबर७ जेष्ठ २०७८, शुक्रबार १८:१४ मा प्रकाशित (२ साल अघि) ३९९ पाठक संख्या
काठमाडौँ– नेपालमा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।