आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रियसभा उपनिर्वाचनः स्थानीय तहमा बादललाई खिमलालले जिते

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १७:२६ मा प्रकाशित (२ साल अघि) २२९ पाठक संख्या

काठमाडौं । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् ।

देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् ।

अब प्रदेशसभाको मत गन्न बाँकी छ ।