आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १७:११ मा प्रकाशित (२ साल अघि) १९४ पाठक संख्या

राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ । उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार हुन् । बादल नेकपा एमालेका उम्मेदवार हुन् भने देवकोटालाई नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र–बाबुराम पक्षसमेतको समर्थनमा एमालेको खनाल–नेपाल पक्षले उम्मेदवार बनाएको हो ।

बिहान ९ बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । ​मतपरिणाम आज नै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै ३ बजेसम्ममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५  जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका छन् ।  यस मध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ जना रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ ।