आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान सकियो, ३३८ मत खस्यो

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १५:५१ मा प्रकाशित (२ साल अघि) २७७ पाठक संख्या

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।

बिहीबार हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ मत खसेको छ ।

प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरेको सहायक मतदान अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । २५ जना कोरोना संक्रमित मतदाताले समेत मतदान गरेको उहाँले बताउनुभयो ।

निर्वाचनमा प्रदेशका चार र स्थानीय तहका पाँचजना मतदाता भने अनुपस्थित भएको पौडेलले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा नेकपा (एमाले) का तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको तर्फबाट डा खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ उमेदवार रहेका छन् ।

मतदानको अन्तिम नतिजा आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको पौडेलले जानकारी दिनुभयो ।