आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

कोरोनाको असर झन भयावह, प्रत्येक पाँच मिनेटमा एक नेपालीको मृत्यु

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १७:५३ मा प्रकाशित (२ साल अघि) ३५१ पाठक संख्या

५ जेठ, काठमाडाैँ । कोरोना भाइरसको नयाँ भेरियन्टहरूको असर तीव्र रूपमा देखिन थालेको छ । कोरोना संक्रिमतहरूको मृत्यु पनि बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै २४६ जना नेपालीले कोरोनाबाट ज्यान गुमाएका छन । स्वास्थ्यय तथा जनासंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २४६ जनाको मृत्यु भएको रेकर्ड भएको छ । यसबाट प्रत्येक पाँच मिनेटमा एक नेपालीको कोरोनाबट मृत्यु भएको देखिन्छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिको परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिनुभयाे ।

गाैतमका अनुसार सो अवधिमा ७९८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिनुभयाे ।