आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

हेटौंडामा राष्ट्रियसभा निर्वाचनको तयारी हुँदै

गोकर्णेश्वर खबर३ जेष्ठ २०७८, सोमबार २०:०५ मा प्रकाशित (३ साल अघि) ३३८ पाठक संख्या

हेटौंडा, जेठ ३ । हेटौंडामा हुने राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्यको निर्वाचनको तयारी भइरहेको छ ।

यसका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले बागमती प्रदेशभित्रका १ सय १९ स्थानीय तहका मतदाता, जनप्रतिनिधिहरु र बागमती प्रदेश सभाका १ सय ९ सदस्यहरुलाई हेटौंडाको विभिन्न होटलमा बस्न र खानाको साथै स्वास्थ्य मापदण्डको सुरक्षा तथा शान्ति सुरक्षाको प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

यसै गरी प्रदेश निर्वाचन कार्यालय हेटौंडाले आगामी जेष्ठको ६ गते हेटौंडा– ४ स्थित भुटन देबी उच्च माध्यमिक विद्यालयको प्रांगणमा बिहान ९ बजेदेखि हुने मतदानका लागि ३ वटा मतदान केन्द्रको स्वास्थ्य मापदण्डसहितको सुरक्षा व्यवस्था मिलाएको छ ।