आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

चीनबाट थप ९७५ अक्सिजन सिलिण्डर आइपुग्यो

गोकर्णेश्वर खबर३ जेष्ठ २०७८, सोमबार १९:५४ मा प्रकाशित (३ साल अघि) १८२ पाठक संख्या

काठमाडौं । चीनको राजधानी बेइजिङबाट नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरि थप ९७५ वटा अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ ।

अब चीनबाट यससँगै कुल १३७५ वटा सिलिण्डर नेपाल आएका छन् । यो तीन उडानबाट नेपाल ल्याइएको नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलको भनाई छ ।

पौडेलका अनुसार यी उडानाबट कुल १५७ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाज आज र भोलि समेत बेइजिङ जाँदैछ । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइनेछ । उनले अब सिलिण्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटर समेत बोक्न सक्ने जानकारी समेत गराए ।

नेपाल एयरलाइन्सले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याइरहेको छ । यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत साढे ५ सय अक्सिजन सिलिण्डर नेपाल ल्याएको छ ।