आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकामा ३,०९८ संक्रमित थपिए

गोकर्णेश्वर खबर३ जेष्ठ २०७८, सोमबार १७:४२ मा प्रकाशित (३ साल अघि) ९११ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यकामा एकै दिन (साेमबार) ३१ सय कोरोना संक्रमित फेला परेका छन्।

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ९८ जनामा संक्रमण पुष्टि भएकाे हाे।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ३४६ छन्। यस्तै, ललितपुरमा ४५४ र भक्तपुर जिल्लामा २९८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।