आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपालमा कोभिडबाट एकै दिन २ सय १४ जनाको मत्यु, ९२ सय ४७ जनामा संक्रमण

गोकर्णेश्वर खबर३ जेष्ठ २०७८, सोमबार १७:२९ मा प्रकाशित (३ साल अघि) ५६६ पाठक संख्या

कोभिड–१९बाट नेपालमा एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ४ हजार २ सय १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५२ जनामा गरिएको पीसीआर परीक्षणमा ९ हजार १ सय ९८ र ४ सय ३४ जनमा गरिएको एन्टिजेन परीक्षणमा ४९ जना गरी जम्मा ९ हजार २ सय ४७ जनामा संक्रमण भएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

एकैदिनमा ५ हजार ७ सय ६७ जनाको संक्रमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १ लाख १३ हजार ४ सय ८० जना आइसोलेसन र ७ सय ८ जना क्वारेन्टिनमा छन् ।