आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै सर्वोच्चमा रिट

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १९:३५ मा प्रकाशित (३ साल अघि) ३४९ पाठक संख्या

काठमाडाैं । सर्वोच्च अदालतमा कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले आज दायर गरेको निवेदनमा राज्यका सबै स्रोत लगाएर भए पनि संक्रमितको उपचारमा ध्यान दिन माग गरिएको छ ।

नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ ।