आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १७:३० मा प्रकाशित (३ साल अघि) २१८ पाठक संख्या

काठमाडौँ, २ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।

उनले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताएका छन् ।-रासस