आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौँ उपत्यकामा थप २६०९ जनालाई कोरोना

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १६:५५ मा प्रकाशित (३ साल अघि) ५०७ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा  ४३६ जनामा संक्रमण देखिएको हो।

कोरोना संक्रमणका कारण देशभर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर १४५ जनाले ज्यान गुमाएका छन् भने ७ हजार  ३३८ जना संक्रमित थपिएका छन्।