आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कोभिड विरुद्धमा केन्द्रीय प्रदेश र स्थानीय सरकार बिच समन्वयन हुन्छ – कृष्ण राई

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार ११:१६ मा प्रकाशित (३ साल अघि) ५१० पाठक संख्या

काठमाडौं, २ वैशाख । नेकपा एमाले केन्द्रीय सदस्य एबम प्रतिनिधि सभा सदस्य कृष्ण राईले कोभिड विरुद्धको लडाईमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार बिच बिशेष समन्वयनकारी भूमिका निर्वाहा गर्ने बताएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र ३ जोरपाटी स्थित स्तुपा सामुदायीक अस्पतालमा भएको निर्वाचित जनप्रतिनिधिहरुको भेला संयोजन गर्दै संसद राईले स्थानीय तह देखि केन्द्रीय सरकारसम्मको संयुक्त जोडले मात्रै कोभिड बिरुद्धको मानवीय लडाई बिजय हुने बताए । छलफलको सुवात नै स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरुको अनुभव र राय लिदै भएको थियो ।

स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरुले अक्सिजन व्यवस्थापन , भ्याक्सिनको पहुचा , कोभिड अस्पतालको व्यवस्थापन , तह तह बिच समन्वय, अक्सिजनको अभाव , स्वास्थ्य सामग्री खरिद, भ्यान्टिललेटर प्राबिधिक सहितका समस्याहरु सम्बोधन गर्न नसके स्थिति भावावाहक हुन सक्ने बताए कार्यक्रममा बागमती प्रदेस भौतिक मन्त्री रामेश्वर फुयाल , बागमती प्रदेससभा सदस्य छिरिंग दोर्जे लामा , काठमाडौँ महानगर प्रमुख बिद्या सुन्दर शाक्य , गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालीसे , स्तुपा सामुदायीक अस्पतालका निर्देशक पेम्बा लामा, शंखरापुर अस्पतालका निर्देशक रमेश ढकाल , गोकर्णेश्वर स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय लगाएतको उपस्थिति रहेको थियो ।

कोभिड बिरुद्धको लडाईलाई साझा बनाउने उद्धेश्यले आयोजना भएको कार्यक्रमले राजनैतिक, सामाजिक, प्रशासनिक एबम समन्वयनकारी जिम्मेवारी गहन गर्ने निर्णय समेत गरेको छ । निर्वाचित जनाप्रतिनिशिको भेलाले जोरपाटी स्थिति अर्थोपेडिक अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, क्षेत्र भित्रका सबै सरकारी सामुदायीक एबम निजि अस्पताललाई कोभिड व्यवस्थापन गर्न सहयोग गर्ने , कामपा वडा ६ भित्र रहेका सामुदायीक अस्पताललाई महानगरले आवश्यक सामाग्री सहयोग गर्ने , स्तुपा सामुदायीक अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्न आग्रह गर्ने , गोकर्ण प्राथमिक अस्पताललाई आवश्यक सुधार गर्ने , कोरोना रोकथामका लागि घोषित निषेधाज्ञा पूर्ण पालना गर्न सहयोग गर्ने निर्णय भएका छन् ।