आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

तातोपानी आईपुग्यो १८ हजार थान अक्सिजन सिलिण्डर

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १०:३६ मा प्रकाशित (३ साल अघि) १०२७ पाठक संख्या

काठमाडौं, जेठ २ । चीन सरकारले सहयोग स्वरुप दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुुसार तातोपानी नाका आईपुगेको १८ हजार अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी भईरहेको छ ।

उपप्रधानमन्त्री पोखरेलले जतिसक्दो चाँडो ति सिलिण्डर काठमाडौँ ल्याईपुर्याउन पहल गरिरहेका छन् ।