आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

खोप लगाउन चाहनुहुन्छ? यो फाराम भर्नूहोस्

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १०:२३ मा प्रकाशित (३ साल अघि) ९८९ पाठक संख्या

काठमाडौं, जेठ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न भनेको छ।

मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।

त्यसका लागि मन्त्रालयले फाराम भर्ने ठेगाना दिएको छ। फाराम भरेकाहरुलाई प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप पाउने जनाउँदै मन्त्रालयले आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ।

त्यसका लागि यो लिंक https://vaccine.mohp.gov.np/ मा गएर फाराम भर्न सकिने मन्त्रालयले जनाएको छ।