आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वरमा कोरोना संक्रमितको संख्या ९२१ पुग्यो

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार ०८:०८ मा प्रकाशित (३ साल अघि) ६१३ पाठक संख्या

काठमाडौं जेठ २ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख ३१ गते सम्ममा ५२५ जना पुरुष र ३९६   जना महिला गरि कुल ९२१  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १७ जना पुरुष र ८ जना महिला गरि कुल २५  जना

वडा नं २ मा २९ जना पुरुष र १५ जना महिला गरि कुल ४४ जना

वडा नं३ मा २७   जना पुरुष र १३   जना महिला गरि कुल ४०  जना

वडा नं ४ मा ९०  जना पुरुष र ६९  जना महिला गरि कुल १५९  जना

वडा  नं ५ मा  ९७ जना पुरुष र  ७०   जना महिला गरि १६७  जना

वडा नं ६ मा ९७  जना पुरुष र ८३   जना महिला गरि १८० जना

वडा नं ७ मा ४५ जना पुरुष र ४२ जना महिला गरि कुल ८७  जना

वडा नं  ८ मा ९४ जना पुरुष र ७६ जना महिला गरि कुल १६७ जना

वडा नं ९ मा २९  जना पुरुष र २३जना महिला गरि कुल ५२  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी १८० जनामा कोरोना संक्रमित भेटिएको छ।