आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौँ उपत्यकामा थपिए २ हजार ९३७ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१ जेष्ठ २०७८, शनिबार १८:१९ मा प्रकाशित (३ साल अघि) २३४ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा गरी कुल २ हजार ९३७ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ३४९ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।