आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपालमा ८ हजार १६७ संक्रमित थपिए, १८७ को मृत्यु

गोकर्णेश्वर खबर१ जेष्ठ २०७८, शनिबार १८:०६ मा प्रकाशित (३ साल अघि) २४० पाठक संख्या
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ९७१ जनाको पीसीआर परीक्षण र ५७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थपिए २ हजार ९३७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा गरी कुल २ हजार ९३७ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ३४९ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

थप १८७ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १८७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।