आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

चन्द्रागिरी नगरपालिका एकसाताका लागि सिल

गोकर्णेश्वर खबर१ जेष्ठ २०७८, शनिबार १२:५२ मा प्रकाशित (३ साल अघि) ५३९ पाठक संख्या

काठमाडौं उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एकसाता अवधिभरका लागि नगरपालिका सिल गरेको छ । आज जेठ १ गते देखि लागु हुने गरि ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म सर्वसाधारणलाई हिँडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पुर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल  तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संसथहरु निजी सम्पुर्ण कार्यालयका सेवा पुर्वरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो ।
खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरि संञ्चालन गर्न दिइएको छ । त्यसैगरी पशुपंक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी संञ्चालन गर्न दिइने भएको छ ।
यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाले बैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सिमाबाट फर्काउनुपर्ने सवारीसाधनहरु धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । सनिबार आज नागढुंगा नाका पनि सुनसान प्रायः देखिएको छ ।
एम्बुलेन्स, अत्यावश्यक सवारी साधन मात्रै संञ्चालन भएका छन् । सर्वसाधरण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ । राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिड्ने सर्वसाधरणहरु देखिएका छैनन् ।
नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने बैशाख २८ गते काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश बमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ ।
नगरपालिकाकाले भेरोसिल खोपको दोश्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिइने छ ।