आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनबीच भिडन्त जारी

गोकर्णेश्वर खबर१ जेष्ठ २०७८, शनिबार ११:११ मा प्रकाशित (३ साल अघि) ३५५ पाठक संख्या

काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ५ दिनदेखिको भिडन्त अझै जारी रहेको छ ।

बीबीसीका अनुसार इजरायलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ । वेष्ट ब्यांकमा जारी हिंसामा कम्तीमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ भने सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इजरायली सेनाले अश्रुग्यास, रबर बुलेट, अग्नि ज्वालासहितको प्रयोग गरेको छ । प्यालेस्टाइनीहरुले भने पेट्रोल बमसहित प्रहार गरेका छन् ।

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले प्यालेस्टानी विद्रोही हमासविरुद्ध जारी कारबाही तत्कालै अन्त्य नहुने चेतावनी दिएका छन् । गाजा क्षेत्रमा गत सोमबारदेखि गोलाबारी भइरहेको छ ।