आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

इजरायल र प्यालेस्टाइनबीचको संघर्षमा १३० बढीको मृत्यु, आकाशमा रकेटै रकेट

गोकर्णेश्वर खबर३१ बैशाख २०७८, शुक्रबार १७:५२ मा प्रकाशित (३ साल अघि) ३८५ पाठक संख्या

एजेन्सी– इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा भएको पछिल्लो तनावमा १३० जनाभन्दा बढीको मृत्यु भएको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायली सेनाले एकअर्काको क्षेत्रमा रकेट प्रहार गरिरहेका छन् । गाजाको आकाशमा रकेटहरु उडेको देख्न सकिन्छ ।

गत सोमबारदेखि शुरू भएको तनाव मुस्लिमहरुको पवित्र रमाजानको बेलासम्म मत्थर भएको छैन बरु, यसले युद्धको रुप लिने संकेत देखिएको छ ।

टेलिभिजनको प्रत्यक्ष प्रसारणकै क्रममा इजरायलले हवाइ आक्रमण गरेर एउटा अग्लो भवन ध्वस्त पारिदिएको थियो । बीबीसी अरेबिकको प्रत्यक्ष प्रसारण भइरहेको बेला उक्त हमला भएको थियो ।

तनाव चर्किदैं जाँदा अहिले इजरायलमा पनि यहुदी र अरबहरुबीच हिंसा मच्चिन थालको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शान्ति स्थापनाको लागि आग्रह गरेका छन् ।

यस्तै, चीनले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक्न राष्ट्रसंघको सुरक्षा परिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ ।