आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु

गोकर्णेश्वर खबर३० बैशाख २०७८, बिहीबार १०:४३ मा प्रकाशित (३ साल अघि) ५०६ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीशको मृत्यु भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत न्यायाधीश वासुदेवलाल श्रेष्ठको मृत्यु भएको हो ।

उनको बुधबार राति मृत्यु भएको हो । उनी पन्ध्र दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।

उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।