आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रियसभा निर्वाचनमा डा. देवकोटाले पाए कलम चुनाव चिह्न

गोकर्णेश्वर खबर३० बैशाख २०७८, बिहीबार ०९:०२ मा प्रकाशित (३ साल अघि) ४४७ पाठक संख्या

काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन् । बुधबार उम्मेदवारलाई निर्वाचन चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका थियो ।

उपनिर्वाचनमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङले आफनै दलको चुनाव चिह्न क्रमश सूर्य र मादल पाएका छन् ।

तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटाले कलम चुनाव चिह्न माग गरेका थिए । उनले माग गरेअनुसार नै निर्वाचन अधिकृतको कार्यालले चुनाव चिह्न दिएको हो ।