आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

सार्वजनिक भए लगत्तै विप्लवको सुरक्षामा खटाईयो इन्स्पेक्टरको कमाण्डमा १० प्रहरी,विप्लवलाई सुरक्षा थ्रेट भए कै हो ?

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७७, मंगलवार २१:०२ मा प्रकाशित (३ साल अघि) ५२५ पाठक संख्या

काठमाडौं – गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ।

गत शुक्रबार सार्वजनिक भएका विप्लव खुला राजनीतिमा आएसँगै उनलाई सुरक्षा दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

उनलाई मन्त्रालयको निर्देशन अनुसार आवश्यक सुरक्षा दिएको पराजुलीले बताए।

आवश्यक सुरक्षाको व्यवस्थापन मिलाउनू भनेर गृहबाट निर्देशन भएको छ त्यहीअनुसार प्रहरीहरू खटिएका छन्, उनले भने, सुरक्षा थ्रेट भन्दा पनि भर्खरै शान्ति प्रक्रियाबाट मूलधारमा आउनुभएको छ। त्यसैले सुरक्षा दिएको हो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा टोली खटिएको छ।

काठमाडौंको हकमा परिसरले दिने र बाहिरी जिल्लाको हकमा हेडक्वार्टरले व्यवस्था मिलाएको उनले बताए।

एसएसपी सिंहका अनुसार विप्लवको सुरक्षाको लागि इन्स्पेक्टरसहित १० जनाको टोली खटिएको छ।

एउटा अगुवाको गाडी पनि उपलब्ध गरिएको छ। इन्स्पेक्टरको कमान्डमा १० जनाको टोली खटाएका छौं,एसएसपी सिंहले भने।

विप्लव काठमाडौंको सामाखुसीस्थित एक घरमा बस्दै आएका छन्।

विप्लव केही दिनयता उपत्यकाबाहिर छन्। उनी लुम्बिनी पुगेको एसएसपी सिंहले बताए।