आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

प्रचण्डको दौडधुप : देउवालाई भेटेलगत्तै भट्टराईलाई भेट्न पुगे टोखा

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७७, मंगलवार २०:३९ मा प्रकाशित (३ साल अघि) ८८५ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए ।

मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् ।