आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

देउवा र प्रचण्डबीच बुढानीलकण्ठमा भेटवार्ता

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७७, मंगलवार २०:२७ मा प्रकाशित (३ साल अघि) ९०० पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।

आजमात्रै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएको थियो । त्यसकै लागि प्रचण्ड आज देउवा निवास पुगेको बुझिएको छ ।