आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

प्रधानमन्त्री ओली र विप्लव एकै मञ्चमा

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार २०:४८ मा प्रकाशित (३ साल अघि) ३५७ पाठक संख्या

काठमाडौं – सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै भूमिगत भएको २ वर्षपछि विप्लव सार्वजनिक भएका छन् । ३ बुँदे सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा विप्लव र प्रधानमन्त्री एउटै मञ्चमा देखिएका हुन् । आजको कार्यक्रमलाई विप्लव र ओलीले सम्बोधन गरेका छन् ।